42 C
Dhangadhi
Monday, April 27, 2026

धनगढीमा चार दिनदेखि घाम लागेको छैन, चिसोले जनजीवन कष्टकर

पढनै पर्ने

सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा गत बिहीबारदेखि घाम नझुल्किँदा र लगातारको बाक्लो हुस्सु तथा कुहिरोका कारण चिसो निकै बढेको छ। लगातारको शीतलहरले गर्दा यहाँको जनजीवन प्रभावित हुन थालेको छ।
बिहीबारयता धनगढी र आसपासका क्षेत्रमा आकाश खुलेको छैन। बिहान र साँझको समयमा बाक्लो कुहिरोले सहर ढाक्ने गरेको छ भने दिउँसो पनि घाम नलाग्दा कठ्याङ्ग्रिदो चिसो अनुभव भइरहेको छ।
चिसाे बढ्दै गएपछि स्वास्थ्यकर्मीहरूले विशेषगरी बालबालिका र वृद्धवृद्धाको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै विशेष ख्याल गर्न सुझाव दिएका छन्। स्वास्थ्यकर्मी जानकी रावलका अनुसार यो समयमा निमोनिया, रुघाखोकी र श्वासप्रश्वास सम्बन्धी समस्या देखिन सक्ने भएकाले न्यानो लुगा लगाउन र तातो झोलिलो खानेकुरा खान आग्रह गरिएको छ।
अत्यधिक चिसो र शीतलहरका कारण दैनिक ज्यालादारी गरेर गुजारा गर्ने मजदुरहरू सबैभन्दा बढी मारमा परेका छन्। चिसाेमा काम गर्न कठिनाई उनीहरूले भाेग्नुपरेकाे छ।
बाक्लो हुस्सुका कारण सडकमा सवारी दुर्घटनाको जोखिम बढ्ने भएकाले चालकहरूलाई सावधानीपूर्वक र कम गतिमा गाडी चलाउन जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ। धनगढीको आजको अधिकतम तापक्रम १५ देखि १७ डिग्री सेल्सियस रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै न्युनतम तापक्रम ९ देखि ११ डिग्री सेल्सियस रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

- Advertisement -spot_img

थप समाचार

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा समाचार