41.5 C
Dhangadhi
Wednesday, June 17, 2026

एसपिए कैलाली प्राइड लिग- पुनर्वास बी र धनगढी विजयी

पढनै पर्ने

एसपिए कैलाली प्राइड लिग-४ अन्तर्गत आज भएका दुई छुट्टाछुट्टै खेलहरूमा पुनर्वास नगरपालिका (बी) र धनगढी उपमहानगरपालिकाले आ-आफ्नो खेलमा जित निकाल्दै महत्त्वपूर्ण अंक जोडेका छन्।
आजको पहिलो प्रतिस्पर्धामा पुनर्वास नगरपालिका (बी) ले लम्की चुहा नगरपालिकालाई २७ रनले पराजित गर्‍यो। टस जितेर पहिले ब्याटिङ रोजेको पुनर्वासले निर्धारित ९ ओभरमा ३ विकेट गुमाउँदै ७९ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो। टोलीका लागि नरेन भट्टले १८ बलमा २३ रन र अभिषेक पालले २६ बलमा २० रन जोडे। बलिङतर्फ लम्कीका दिपक शाही र भूपेन्द्र शाहीले १-१ विकेट हात पारे।
८० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको लम्की चुहा नगरपालिका ८.४ ओभरमा मात्र ५२ रन बनाउँदा अलआउट भयो। लम्कीका लागि डम्मर माझीले ५ बलमा १० रन बनाउनु बाहेक अन्य ब्याटर चल्न सकेनन्। पुनर्वासका बलर सचिन भट्टले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै मात्र २ ओभरमा ८ रन खर्चेर ४ महत्त्वपूर्ण विकेट लिए। त्यस्तै अशोक धामीले २ विकेट चट्काए।
आजै भएको अर्को खेलमा धनगढी उपमहानगरपालिकाले बर्दगोरिया गाउँपालिकालाई ५ विकेटले स्तब्ध पार्यो। पहिले ब्याटिङ गरेको बर्दगोरिया गाउँपालिका १७ ओभरमा मात्र ८८ रन बनाउँदै अलआउट भयो। टोलीका लागि बसन्त भट्टले सर्वाधिक २८ रनको योगदान दिए। बर्दगोरियालाई सस्तैमा समेट्न धनगढीका बलर सनी बिकले जादुमयी बलिङ गर्दै ३ ओभरमा मात्र ५ रन खर्चेर ४ विकेट लिए। प्रकाश जङ्ग कार्की र विकास अग्रीले समान २-२ विकेट लिए।
८९ रनको लक्ष्य पछ्याएको धनगढीले १३.५ ओभरमा ५ विकेट गुमाउँदै जित हासिल गर्‍यो। धनगढीको जितमा शंकर बोहरा नायक बने, उनले मात्र ११ बल खेल्दै ३ छक्का र ३ चौका प्रहार गरी अविजित ३१ रनको विष्फोटक पारी खेले। त्यस्तै विशाल क्षेत्रीले २१ रन बनाए। बर्दगोरियाका तर्फबाट विशाल विष्टले २ विकेट लिए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन।

- Advertisement -spot_img

थप समाचार

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा समाचार