41.5 C
Dhangadhi
Wednesday, June 17, 2026

१२ वाणिज्य बैंकले घटाए निक्षेपको ब्याजदर, कसको कति?

पढनै पर्ने

माघ महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर थप घटाएका छन्। 

सञ्चालनमा रहेका २० मध्ये १२ वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार पुसको तुलनामा माघमा निक्षेपको ब्याजदर घटेको हो। सात बैंकले व्यक्तिगत निक्षेपमा दिने अधिकतम ब्याजदर स्थिर रहेको हो। प्राइम कमर्सियल बैंकले ब्याजदर बढाएको छ। प्राइमले ४.२५ प्रतिशतबाट बढाएर ब्याजदर ४.४ प्रतिशत दिने भएको हो। 

पुस महिनाका लागि व्यक्तिगत मुद्दतिको अधिकतम ब्याजदर ५.५५ प्रतिशत थियो। माघमा भने सर्वसाधारणले अधिकतम ५.५ प्रतिशत छ। पुसमा औंसत ब्याजदर ४.८५ प्रतिशत रहेकोमा माघमा यस्तो औसत ब्याजदर ४.७ प्रतिशत छ। 

अहिले सबैभन्दा धेरै ब्याज ग्लोबल आइएमइ बैंकबाट पाइने भएको छ। यो बैंकले ५.५ प्रतिशत दिने भएको छ। स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट सबैभन्दा कम ४.३६ प्रतिशत मात्रै ब्याजदर पाइने भएको हो। 

बैंकहरूले रेमिटेन्स खातामा भने व्यक्तिगत मुद्दती खातामा भन्दा एक प्रतिशत बढी ब्याज दिन्छन्। 

केही समयदेखि नै बैंकहरूसँग कर्जा लगानी योग्य रकम उच्च भएपछि बैंकहरूको ब्याजदर घटिरहेको छ । 

हाल बैंकहरूसँग करिब ११ खर्ब भन्दा धेरै कर्जा दिन मिल्ने रकम रहेको छ।

कर्जा नगएपछि पछिल्लो समय बैंकहरूले तीन प्रतिशत र २.६७ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा लगेर पैसा राखिरहेका छन्।

राष्ट्र बैंकले पछिल्लो समय एक वर्षे ऋणपत्र नै जारी गरेर बैंकहरूबाट अधिक भएको पैसा खिचिरहेको छ। यसरी राखिएको रकम आठ खर्ब ७३ अर्ब रूपैयाँ पुगेको छ। 

अहिले बैंक तथा वित्तीय संस्थाहरूसँग ७६ खर्ब ५९ अर्ब रूपैयाँ निक्षेप संकलन छ भने यसमध्ये ५७ खर्ब २८ अर्ब कर्जा लगानी गरेका छन्। 

बैंकमाघको लागिब्याजदर (प्रतिशत)पुसको लागिब्याजदर (प्रतिशत)
कृषिविकास४.४०४.५५
एभरेष्ट४.४०४. ७५
नेपाल५.१५.१
लक्ष्मीसनसाइज४.५४. ७५
माछापुच्छ्रे४.५
एनआइसीएसिया
प्रभु४.५५४.५५
स्ट्याण्डर्डचार्टर्ड४.३६४.६
राष्ट्रियवाणिज्य
नबिल४.५५४.५५
ग्लोबलआइएमई५.५५.५५
नेपालइन्भेष्टमेन्टमेगाबैंक
सिद्धार्थ४.५ ५
प्राइमकमर्सियल४.४४.२५
कुमारी४.४३४.५३
सानिमा४.५५४. ७५
हिमालयन५.५
नेपालएसबिआई४.४४.५ ५
एनएमबी
सिटिजन्स४.५४.७५
औसत४.७४. ८५
- Advertisement -spot_img

थप समाचार

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा समाचार