41.5 C
Dhangadhi
Wednesday, June 17, 2026

इरानमा रहेका नेपालीलाई सतर्क रहन परराष्ट्र मन्त्रालयको आग्रह

पढनै पर्ने

परराष्ट्र मन्त्रालयले हाल इरानमा बसोबास तथा रोजगारीमा रहेका नेपाली नागरिकलाई त्यहाँको सुरक्षा अवस्थाप्रति सतर्क रहन आग्रह गरेको छ। 

मन्त्रालयले इरानका सम्बन्धित सरकारी निकायले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न, सकेसम्म घरभित्रै बस्न, सचेत रहन र आवश्यक सावधानी अपनाउन अनुरोध गरेको हो।

त्यसैगरी, हालको अवस्था सामान्य नहुँदासम्म इरान भ्रमणको योजना बनाइरहेका नेपाली नागरिकलाई आफ्नो यात्रा स्थगित गर्न मन्त्रालयले आग्रह गरेको छ।

कुनै आपतकालीन अवस्था आएमा परराष्ट्र मन्त्रालय, काठमाडौं तथा दोहास्थित नेपाली दूतावाससँग सम्पर्क गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ।

पछिल्लो समय इरानमा आर्थिक कठिनाइविरुद्ध विरोध प्रदर्शन भइरहेको छ।

हिंसात्मक बन्दै गएको उक्त प्रदर्शनका क्रममा दुई सातामा ५०० जनाको मारिएको र दस हजारभन्दा बढी प्रदर्शनकारी पक्राउ परेको उल्लेख छ।

- Advertisement -spot_img

थप समाचार

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा समाचार