शहीद दिवसको अवसर पारेर आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ। चुरे गाउँपालिका वडा नं ३ स्थित बसर युवा क्लब र धनगढी-४ रातोपुल स्थित कर्मा अब्रोड एजुकेसनको संयुक्त आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो।
विभिन्न टोलीहरूको सहभागिता रहेको उक्त प्रतियोगिताको फाइनल खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो। अन्तिम खेलमा आयोजक बसर युवा क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै डोटीको रोयल जोरायल क्लबले उपाधि (प्रथम स्थान) हात पारेको छ। प्रतियोगितामा आयोजक बसर युवा क्लब उपविजेता (दोस्रो) बन्दा कर्मा अब्रोड एजुकेसनले सान्त्वना स्थान हासिल गरेको छ।
प्रतियोगिताका क्रममा देश र जनताका लागि बलिदान दिने ज्ञात–अज्ञात शहीदहरूको सम्झनामा दीप प्रज्ज्वलन गर्नुका साथै एक मिनेट मौनधारण गरिएको थियो।
आयोजकका अनुसार शहीदहरूको महान योगदानलाई स्मरण गर्दै युवापुस्तालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो। साथै, देश निर्माणको अभियानमा युवाहरूलाई एकजुट बनाउन खेलकुदले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले लिएको छ।

