43.9 C
Dhangadhi
Wednesday, June 17, 2026

नेपालले टी-२० विश्वकपको तयारी श्रीलंका र भारतमा गर्ने

पढनै पर्ने

माघ तेस्रो सातादेखि भारत र श्रीलंका हुने आइसिसी टी-२० विश्वकप २०२६ को तयारी नेपालले श्रीलंका र भारतमा गर्ने भएको छ।

हाल रुपन्देहीको एक्स्ट्राटेक ओभलमा अभ्यास गरिरहेको नेपालले सुरुमा श्रीलंका जानेछ। त्यसपछि अन्तिम तयारी गर्न नेपाली टोली भारतको मुम्बईमा जाने नेपाल क्रिकेट संघ (क्यान) को भनाइ छ। 

नेपाली टोलीले श्रीलंकाको ‘ए’ टोली र भारतको मुम्बई मुम्बई क्रिकेट एसोसिएसनको टोलीसँग विभिन्न खेलहरू खेल्ने कार्यक्रम रहेको छ। 

नेपाली टोली अर्को साता श्रीलंका जाने कार्यक्रम छ। त्यहाँ नेपालले माघ ६ गते पहिलो अभ्यास खेल खेल्नेछ।  त्यहाँ एक साता अभ्यास गरेपछि नेपाली टोली मुम्बई आउनेछ। मुम्बईमा पहिलो अभ्यास खेल माघ १५ मा खेल्नेछ। 

615889303_1344192484403795_354698256728377276_n-1768305804.jpg
615219123_1344192581070452_7006336910389560414_n-1768305804.jpg

नेपाली टोली
रोहित पौडेल (कप्तान) र उपकप्तान दीपेन्द्र सिंह ऐरी (उपकप्तान) सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम।

आरिफ शेख, बसिर अहमद, नन्दन यादव, शेर मल्ल र लोकेश बमले पहिलोपटक विश्वकप खेल्न लागेका हुन्। शेर मल्लले त विश्वकपबाट नेपाली सिनियर राष्ट्रिय टोलीमा डेब्यू गर्ने सम्भावना छ।

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, ललित राजवंशी,करण केसी,सन्दीप जोरा र सन्दीप लामिछाने गरी ९ खेलाडीले भने लगातार दोस्रोपटक विश्वकप खेल्ने टोलीमा स्थान बनाएका हुन्। यी ९ खेलाडी सन् २०२४ को नेपालको विश्वकप टोलीमा पनि थिए।

सन् २०१४ को विश्वकप खेलेका सोमपाल कामीले त लगातार तेस्रोपटक विश्वकप टोलीमा परेर इतिहास रचेका छन्।

यसपटकको विश्वकपमा नेपाल समूह ‘सी’ मा छ। यो समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन्।
नेपालले पहिलो खेल इंग्ल्यान्डसँग फेब्रुअरी ८ मा (माघ २५) खेल्नेछ। अन्तिम खेल बंगलादेशसँग फेब्रुअरी १७ (फागुन ५) मा हुनेछ। नेपालका चारै खेलमा मुम्बईमा हुनेछन्।

नेपाल रहेको समूह सी 
इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश, इटाली, नेपाल

नेपालको विश्वकपमा खेल
नेपाल भर्सेस इंग्ल्यान्ड, ८ फेब्रुअरी (माघ २५), दिउँस ३ बजे, मुम्बई 
नेपाल भर्सेस इटाली, १२ फेब्रुअरी(माघ २९), दिउँस ३ बजे, मुम्बई
नेपाल भर्सेस वेस्ट इन्डिज, १५ फेब्रुअरी (फागुन ३), विहान ११ बजे, मुम्बई
नेपाल भर्सेस बंगलादेश, १ फेब्रुअरी (फागुन ५), राति ७ बजे, मुम्बई

- Advertisement -spot_img

थप समाचार

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा समाचार