38 C
Dhangadhi
Monday, April 27, 2026

धनगढीमा नवजात शिशु झाडीमा फाल्ने महिला पक्राउ

पढनै पर्ने

धनगढीमा पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु जन्माएर झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी उपमहानगरपालिका–८ भद्रटोलकी २९ वर्षीया राममति रानालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको हो।उनी विवाहित रहेको र उनका श्रीमान् रोजगारीका सिलसिलामा विदेशमा रहेको जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए। उनका अनुसार प्रसव पीडाका कारण महिला धेरै बोल्न सक्ने अवस्थामा नरहेकाले नवजात शिशु फाल्नुको कारण पछि मात्र खुल्नेछ।

मंगलवार बिहान धनगढी उपमहानगरपालिका–८ भद्रटोलस्थित नालानजिक फालिएको अवस्थामा नवजात शिशु फेला परेको थियो। करिब साढे ९ बजे सालनाल लागेको र कपडाले बेरिएको अवस्थामा शिशु भेटिएको थियो।प्रहरीले शिशुको उद्धार गरी उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पठाएको छ। छोरी रहेको नवजात शिशुको अवस्था हाल सकुशल रहेको विष्टले बताए।

- Advertisement -spot_img

थप समाचार

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा समाचार