42 C
Dhangadhi
Monday, April 27, 2026

सुदूरपश्चिमबाट उपमहासचिवमा भट्ट निर्वाचित हुँदा, अरु केन्द्रिय सदस्यमा को को निर्वाचित भए?

पढनै पर्ने

नेकपा एमालेको ११औँ महाधिवेशनमा सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय पदाधिकारीमा लेखराज भट्ट मात्रै अटाएका छन्। १० औँ महाधिवेशनमा केन्द्रीय सचिव बनेका भट्ट यसपटक उपमहासचिवमा उक्लिएका हुन्। उपमहासचिवमा प्रतिस्पर्धा गरेका सबै उम्मेदवारमध्ये उनले सबैभन्दा बढी मत प्राप्त गरेका छन्।

यस महाधिवेशनमा कुनै समय अध्यक्ष केपी शर्मा ओलीनिकट मानिने तर, अहिले विद्यादेवी भण्डारी देवि निकट मानिने कर्णबहादुर थापाले पनि केन्द्रीय पदाधिकारीमा उम्मेदवारी दिएका थिए। तर, सचिव पदमा उनी पराजित भए। यद्यपि, थापा केन्द्रीय सदस्यमा भने विजयी भएका छन्। खुला केन्द्रीय सदस्यतर्फ दामोदर भण्डारी, गणेश सिंह ठगुन्ना, ऐनबहादुर महर, झपटबहादुर बोहरा, झपटबहादुर रावल, लालबहादुर थापा र कर्णबहादुर थापा निर्वाचित भएका छन्।
महिला केन्द्रीय सदस्यमा निरुदेवी पाल, कमला कुमारी बोहरा र शन्तोस शर्मा थापा निर्वाचित भएका छन् भने दलित बाट अफिलाल ओखेडा र आशा कुमारी बी।क। विजयी भएका छन्। युवा खुला कोटाबाट बाजुराका नरेश रोकाया निर्विरोध निर्वाचित भइसकेका छन्।
भूगोलतर्फ युवामा गोविन्द गिरी निर्वाचित हुँदा महिलातर्फ लिला भण्डारी, कमला कुमारी ओली र भागरथी सिंह विजयी भए। भूगोल पुरुषतर्फ चक्रबहादुर मल्ल, पठानसिंह बोहरा, यज्ञबहादुर बोगटी, लिलाधर भट्ट र सहदेव बोगटी निर्वाचित भएका छन्। थारु क्लस्टरबाट कृपाराम राना र गौरिशंकर चौधरी विजयी भएका छन्।
यस्तै, केन्द्रीय अनुशासन आयोग सदस्यमा पवित्रा तिमिल्सेना निर्वाचित भएकी छन्।

- Advertisement -spot_img

थप समाचार

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा समाचार