34.8 C
Dhangadhi
Monday, June 15, 2026

प्रमुख प्रशासकीय अधिकृत नपाएपछि पञ्चेश्वरका अध्यक्ष चन्द सिंहदरबारमै अनशन बस्ने तयारीमा

पढनै पर्ने

बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै सिंहदरबार परिसरमै अनशन बस्ने चेतावनी दिएका छन्।
विगत एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृतको माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय धाइरहेका अध्यक्ष चन्दले मन्त्रालयले आफ्नो मागको सुनुवाइ नगरेको भन्दै आक्रोश पोखेका हुन्।
अध्यक्ष चन्दले हाकिम नहुँदा गाउँपालिकाको सम्पूर्ण प्रशासनिक कामकाज ठप्प भएको बताए।
‘मलाई यहाँ आएको एक महिना भइसक्यो, उता गाउँपालिकामा जनताले कराएको कराइ छन्, सबै काम ठप्प छ,’ चन्दले भने, ‘म एकदम वाक्क दिक्क भइसकें।’
यदि भोलिसम्म पनि मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था नगरे आफू सिंहदरबारभित्रै अनशन बस्ने उनले घोषणा गरेका छन्। ‘भोलिसम्म कार्यकारीको व्यवस्था भएन भने म यहाँ अनशनमा बस्छु र पत्रकार सम्मेलन गरेर मिडियाबाजी गर्छु। अब यो गर्न अति जरुरी भइसक्यो।’उनले भने।
अध्यक्ष चन्दले मन्त्रालयका कर्मचारी र संयन्त्रमाथि गम्भीर आरोप लगाएका छन्। सभ्य भाषामा अनुरोध गर्दा मन्त्रालयले नटेरेको उनको गुनासो छ।
‘यहाँका कर्मचारीहरू पुरानै मानसिकताका छन्, सचिव–सहसचिव लगायत सबै दलाल छन्, चन्दले भने ‘कसैले पैसा दियो भने तुरुन्तै काम गरिहाल्ने, नत्र झुलाएर राख्ने प्रवृत्ति छ। यिनीहरूलाई संघीयता पचेको छैन र संघीयताको मर्म अनुसार काम गर्न चाहँदैनन्।’
उनले मन्त्रालयले दलालहरूको प्रभावमा मात्र काम गर्ने गरेको र आफूजस्ता दूरदराजका गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधि तथा जनताले सास्ती भोग्नुपरेको बताए। अध्यक्ष चन्दले सिंहदरबारको यस्तो प्रवृत्तिको भण्डाफोर गर्न र सबैतिर प्रचार गर्न आवश्यक रहेको समेत औंल्याएका छन्।

- Advertisement -spot_img

थप समाचार

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा समाचार