नेपाल कम्युनिस्ट पार्टी एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा सुदूरपश्चिमको कैलाली जिल्लाले बलियो उपस्थिति देखाएको छ ।
महाधिवेशनबाट कैलालीका नेता लेखराज भट्ट पदाधिकारी अर्थात् उपमहासचिव पदमा निर्वाचित भएका छन् भने अन्य ५ जना नेताहरू केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका छन् ।
पार्टीको नयाँ नेतृत्व चयन प्रक्रियाअन्तर्गत कैलालीबाट प्रतिनिधित्व गर्दै नेता झपट बहादुर रावल र पूर्वमन्त्री गौरीशंकर चौधरीलगायत नेताहरू केन्द्रीय सदस्यमा चयन भएका हुन् ।
ीबहmष् कगलचष्कभ दबलप
निर्वाचित हुने केन्द्रीय सदस्यहरूमा झपट बहादुर रावल, गौरीशंकर चौधरी, सन्तोष शर्मा थापा, लीला भण्डारी र कमला ओली रहेका छन्, उनीहरू पाँचैजनाले केन्द्रीय सदस्यको जिम्मेवारी पाएका हुन् । केन्द्रीय सदस्यमा निर्वाचितमध्ये सन्तोष कुमारी शर्मा ९थापा० हाल सुदूरपश्चिम प्रदेश सभा सदस्यसमेत रहेका छिन्।

