41.6 C
Dhangadhi
Monday, April 27, 2026

एमाले केन्द्रीय सदस्यमा सुदूरपश्चिम भूगोलबाट ९ जना विजयी

पढनै पर्ने

नेकपा एमालेको महाधिवेशन अन्तर्गत सुदूरपश्चिम प्रदेशको भूगोलबाट केन्द्रीय सदस्य पदमा ९ जना नेताहरू विजयी भएका छन् ।

प्रदेशको भूगोलको कोटाबाट केन्द्रीय कमिटी सदस्यमा विजयी हुने नेताहरूमा लिलाकुमारी भण्डारीले सबैभन्दा बढी मत प्राप्त गरेकी छिन्।

उनले १ हजार ५९२ मत ल्याइन्। यस्तै कमला कुमारी ओलीले १ हजार ५७१,गोविन्द गिरीले १ हजार ५५५, चक्रबहादुर मल्लले १ हजार ४८६, र भागरथी सिंहले १हजार ४३१ मत ल्याएर विजयी भएका छन्।

यस्तै यज्ञबहादुर बोगटीले १ हजार ३१०, पठानसिंह बोहराले १ हजार २९५, सहदेव बोगटीले १ हजार १८५ र लिलाधर भट्टले १ हजार १५० मत ल्याएर जितेका हुन्।

- Advertisement -spot_img

थप समाचार

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा समाचार