38.5 C
Dhangadhi
Saturday, April 25, 2026

दोलखाको यलुङ रि हिमालमा हिमपहिरो : ३ को मृ*त्यु, ८ जना बेपत्ता

पढनै पर्ने

काठमाण्डौं ।दोलखामा हिमपहिरोमा परेर ३ जनाको मृ*त्यु भएको छ ।

रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृ*त्यु भएको हो । दोलखा प्रहरीका अनुसार ८ जना हराइरहेका छन् ।

नेपाली गाइडसहित आज बिहान सो हिमाल आरोहण गर्न १५ जनाको टोली नाँ गाउँबाट निस्किएको थियो । बिहान १०:३० बजे हिमपहिरो गएको थियो ।

जिल्ला प्रहरी कार्यालय दोलखाको डीएसपी ज्ञान कुमार महतोका अनुसार निधन हुनेमा एक विदेशी र दुई नेपाली छन्। प्रतिकुल मौसमका कारण हेलिकप्टर जान सकेको छैन।

उक्त स्थानमा उद्धारका लागि नेपाल सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। रोल्वालिङ हिमक्षेत्रको यलुङ बेस क्याम्प भन्दा माथिको भेगमा यो घटना भएको प्रहरीले जानकारी दिएको छ।

- Advertisement -spot_img

थप समाचार

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा समाचार