वेदप्रकाश उपाध्याय
धनगढी, भदौ १२
श्रावण शुक्लपक्षको पूर्णिमा तिथि मनाउने गरिन्छ यसलाई उपाकर्म र कजरी पूर्णिमा नामले चिन्ने गरिन्छ । कपासको धागोबाट निर्मित जनै ९६ अंगुल बाट आधार मानेर जनै को निर्माण गरिएको हुन्छ। यो ९६ हुनुको मतलब विशेषगरी वेदमा १ लाख मन्त्र छन्। जसमा ८० हजार कर्मकाण्ड अन्तर्गत १६ हजार उपासना र ४ हजार ज्ञान काण्ड अन्तर्गत पर्ने गर्दछन् । यी मन्त्रहरू तीन आश्रमका लागि मात्र प्रयोग भएको हो जसमा ब्रह्मचर्य गृहस्थ र बानप्रस्थ का लागि ८० हजार कर्मकाण्ड अन्तर्गत र १६ हजार उपासना काण्डका मन्त्रहरू ले ९६ हजारलाई जनाउँदछ। सन्यासी ले शिखा र जनैको परित्याग गरेको हुनाले १ लाख मन्त्रहरूमध्ये ४००० मन्त्रहरू सन्यासीका लागि भएको हुनाले बाँकी अन्य तीन आश्रमका लागि प्रयोग गरिएको मन्त्र ९६ हजार हुन आउँछ त्यसैको दशांश लाई आधार मानी ९६ अंगुल बनाइएको हुन्छ। गायत्री छन्दमा २४ वटा अक्षर हुने गर्छन् त्यसलाई चार वेदसँग गुणा गर्दा ९६ हुन आउँछ। सामुद्रिक शास्त्र अनुसार मानिसको शरीरको लम्बाइ ८४ अङ्गुलदेखि १०८ अंगुलको बीचमा हुने गर्दछ। जसको मध्यमान ९६ हुन आउँछ । ३ गुण, १५ वटा तिथि ७ बार ,२७ नक्षत्र ,२५ तत्त्व, चार वेद ,३ काल र १२ महिना गरी ९६ योगफल हुन आउँदछ।
९६र९६ अङ्गुलका तीन टुक्रा धागालाई एउटै ठाउँमा मिलाई तेब्बर पारेर एउटा सरो बनाइन्छ। ।
ब्रह्मचर्य आश्रममा रहनेहरु तिन डोरीको जनै लगाउने गर्छन्
जनैमा भएका तीन ग्रन्थिहरू लाई क्रमश
तीन प्रकारको दुःख ९आध्यात्मिक ,आदिभौतिक र आदिदैविक ० त्रिशक्ति आयु ,बल र तेज, तीन लोक ९पृथ्वी, स्वर्ग र पाताल ०,
तन ,मन र वचन द्वारा शुद्धि,तीन वेद, तीन शरीर ९ स्थूल सूक्ष्म र कारण०
त्रिदेव ब्रह्मा विष्णु र महेश्वर, लाई जनाउँछ। चन्द्रमा मन, सूर्य आत्मा र अग्नि ऊर्जाको रूपमा ३ ग्रन्थीलाई जनाउँछ।
गृहस्थीले छ डोरी भएको जनै लगाउने गर्छन् । यहाँ छ डोरीले ब्रह्मा विष्णु महेश्वर तीन वेद सँगै थप गृहस्थीले तीनटा ऋण ९ देव ,ऋषि र पितृ ० तिर्नुपर्ने भएकोले सो ऋण तिर्नको लागि गरिने कर्मका लागि ६ वटा डोरीयुक्त जनै लगाउने गर्दछन् । कतिपय अर्थमा तीन डोरी थप हुनुको मतलब जिम्मेवारी वा भनौं महिलाको निमित्त पुरुषले ३ डोरी थप गरिएको पाइन्छ।
चक्र विज्ञान अनुसार हाम्रो विशुद्धिदेखि स्वादिष्ठान चक्रसम्म चारवटा चक्रहरू पर्छन् जनैले पाँचौं चक्रको निर्माण गर्ने गर्छ। यसले चारवटै चक्रलाई चलायमान बनाइ राख्न जनैले मध्यस्तकर्ता को भूमिका खेल्दछ। विशुद्धि चक्रले सत्य , अनाहत चक्रले प्रेम र करुणा, मणिपुर चक्रले आत्मविश्वास र स्वाधिष्ठान चक्रले भावना र रचनात्मकतालाई कायम गरी जनैले यी चारवटै कुरालाई सदैव चलायमान बनाइराख्छ ।
जनैलाई एक सूत्रको रूपमा लिने गरिन्छ । यो विशेषगरी कपासको सनपाटको हुने गर्दछ ।
ऋषि तर्पणी वैदिक विधान अनुसार सप्तऋषिको सँगै जनैको पूजा अभिमन्त्रण गरी जनै फेर्ने गरिन्छ ।
ृद्दस्द्धज्ञ एः, डरद्दटरद्दण्द्दटे द्यभमउबचकज ग्एम्ब्ज्थ्ब्स् रक्षाबन्धनको आयाम ।
रक्षा कवच, वा रक्षा सूत्र यो रक्षा एउटा बन्धनको रुपमा रहने गर्दछ जसलाई रक्षाबन्धन बाँधिसकेपछि जुन गाई तिहार आउने गर्छ त्यसमा गाईको पुच्छरमा बाँध्ने गरिन्छ रक्षासूत्र बाँध्नुको मतलब यो हो कि वैतरणी नदी तरिन्छ भन्ने एउटा लोकाचार रहेको छ। विशेषगरी रक्षाबन्धन बल प्रदान र आसुरी प्रवृत्तिबाट विजय प्राप्तको लागि रक्षासूत्र लगाउने गरिन्छ । हाम्रो शरीरमा ऊर्जाहरू विशेष गरेर दाहिनेतिर हुने हुनाले दाहिने हातमा रक्षाबन्धन लगाउने गरिन्छ। हाम्रो दाहिने हातमा ईडा , पिङ्गला र सुषुम्ना नाडीको परीक्षण गर्ने गरिन्छ जसलाई सन्तुलन गर्ने कार्य रक्षाबन्धनले गर्दछ। यो तन्त्रमा विशेष गरेर शरीरलाई ऊर्जावान बनाइराख्नका लागि यसले भूमिका खेल्ने गर्दछ यो एक कवचको रुपमा पनि प्रयोग गर्ने गरिन्छ। जसले तन्त्र मन्त्र सँगै यन्त्रको रूपमा रक्षा सूत्रलाई लिने गरिन्छ। यो नाडी केन्द्र भएको ठाउँमा बाँधिने गरेको पाइन्छ। जसको अर्थ लगाम वा भनौ यसले कुनै जिम्मेवारीको बोधसँगै कर्तव्यलाई जनाउँदछ। कथाको सन्दर्भमा हेर्ने हो भनेपछि इन्द्र र इन्द्राणी को प्रसङ्गलाई चाहिँ श्रीमद्भागवत महापुराणमा रक्षाबन्धनको रुपमा एउटा उदाहरण प्रस्तुत भएको पाइन्छ । जहाँ दानवलाई मार्नको लागि एउटा रक्षासूत्रको विशेष प्रयोग भएको पाइन्छ जसले गर्दा त्यो आसुरी शक्तिमाथि इन्द्रले विजय प्राप्त गरेको पाइन्छ । रक्षा सूत्र पूजा गरिँदा यसमा दुवो ,अक्षता ,सर्स्यू र चन्दन को प्रयोग गर्ने गरिन्छ जसको प्रतीकात्मक स्वरूपमा हेर्ने हो भने दुबोलाई सद्गुण वा भनौँ वंशवृद्धिको प्रतीकात्मक स्वरूपको रुपमा लिने अक्षतालाई कुनै कुरा दीर्घकालीन बनाउने र सर्स्यूले त्यसमा निखारता ल्याउने र चन्दनले शीतलताको माध्यमबाट यसलाई पूजा विधानमा प्रयोग गर्ने गरिन्छ यससँगै गोबर, दही, जौ, काँचो बेसार र कुश को प्रयोग गरी नारायण कवच पाठ गर्ने तत्पश्चात सर्वप्रथम आफ्नो पूजाकर्मको विशेष देवतालाई चढाइसकेपछि गुरुहरुबाट रक्षासूत्र
बाँध्न लगाइन्छ। सामुद्रिक शास्त्र अनुसार मणिबन्दरेखाहरू रक्षा सूत्र बाँधिने ठाउँमा हुने गर्छन् जसको सर्वाङ्गीण उदयको निमित्त रक्षासूत्रले भूमिका खेल्ने गर्दछ । मणिबन्दरेखाहरू स्वास्थ्य, आयु र धन सँगै श्रीवृद्धिकोलागि रक्षासूत्रले यसलाई थप सङ्गठित गर्ने गर्दछ । आधुनिक मर्म विज्ञानका अनुसार मणिबन्धका मर्म स्थलमा चाप दिनाले शरीरमा भएका अनेकौँ रोगको निर्मूल हुने गर्छन् जसको फलस्वरूप मानव जीवनमा स्वस्थ जीवन हुने गर्दछ।
रक्षासूत्र बाँध्दा भनिने श्लोक स्
येन बद्धो बली राजा दानवेन्द्रो महाबलः।
तेन त्वामभिबध्नामि रक्षे मा चल मा चल॥
९भविस्यपुराण ,उत्तरपर्व १३७।२००
यसको अर्थ जुन धागो दैत्यराज बलीलाई बाँधिएको थियो र धागोले सदैव रक्षा गरोस् भनिएको हो।


