26.6 C
Dhangadhi
Wednesday, July 22, 2026

अछामका निर्पबहादुर विक काठमाडौं रेड्सको जिम्मेवारीमा

पढनै पर्ने

एनभीएलका ६ फ्रेन्चाइज टोलीका मुख्य प्रशिक्षक घोषणा, अछामका निर्पबहादुर विक काठमाडौं रेड्सको जिम्मेवारीमा
नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको तयारीले तीव्रता पाएको छ। प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र व्यावसायिक बनाउने उद्देश्यसहित आयोजकले सहभागी सबै ६ फ्रेन्चाइज टोलीका मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
यसक्रममा सुदूरपश्चिम प्रदेशको अछामका अनुभवी प्रशिक्षक निर्पबहादुर विक काठमाडौं रेड्सको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। लामो समयदेखि नेपाली भलिबलमा खेलाडी तथा प्रशिक्षकका रूपमा सक्रिय विकले आफ्नो खेल अनुभव र प्रशिक्षण क्षमताका कारण राष्ट्रिय स्तरमा छुट्टै पहिचान बनाएका छन्।
एनभीएलको पहिलो संस्करणका लागि सहभागी सबै ६ फ्रेन्चाइज टोलीले आफ्नो मुख्य प्रशिक्षकको टुंगो लगाएका छन्। सगरमाथा शमशेरले उत्सव खड्कालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ भने मधेश वारियर्सको नेतृत्व भारत यादवले गर्नेछन्। त्यसैगरी काठमाडौं रेड्सले निर्पबहादुर विकलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
यस्तै अन्नपूर्ण स्पाइकर किंग्सको मुख्य प्रशिक्षकमा रमेश के.सी., कर्णाली शिवराजको मुख्य प्रशिक्षकमा चन्द्रबहादुर कुँवर तथा खप्तड फाल्किन्सको मुख्य प्रशिक्षकमा रुपेश कुमार बिष्ट नियुक्त भएका छन्। मुख्य प्रशिक्षकहरूको नियुक्तिसँगै सबै टोलीले पहिलो संस्करणको तयारीलाई तीव्र बनाएका छन्।
अब प्रतियोगिताअघि प्लेयर ड्राफ्टमार्फत खेलाडी छनोट प्रक्रिया अघि बढाइनेछ भने त्यसपछि टोलीहरूले औपचारिक प्रशिक्षण सुरु गर्ने आयोजकले जनाएको छ। एनभीएलको पहिलो संस्करणअन्तर्गत पुरुष भलिबल प्रतियोगिता आगामी केही समयभित्र आयोजना गर्ने तयारी भइरहेको छ।

- Advertisement -spot_img

थप समाचार

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा समाचार