44.6 C
Dhangadhi
Sunday, June 21, 2026

कैलाली जिल्ला क्रिकेट संघको ९औं साधारणसभाः खेलाडीलाई मासिक तलब र नगद सम्मान

पढनै पर्ने

कैलाली जिल्ला क्रिकेट संघको ९औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। धनगढीस्थित निर्माण व्यवसायी संघको सभाहलमा आयोजित साधारणसभाले क्रिकेट खेलाडीहरूको प्रोत्साहनका लागि महत्वपूर्ण निर्णयहरू पनि गरेको हो।
संघले क्रिकेटको विकास र खेलाडीको मनोबल उच्च राख्न कैलाली जिल्लाबाट प्रतिनिधित्व गर्ने ८ जना उत्कृष्ट खेलाडीलाई संघले सम्झौता मा राखेको छ। सम्झौता अनुसार शेर मल्ल, नारायण जोशी, टेक रावत, अभिषेक पाल, आयुव चन्द, निश्चल क्षेत्री, बसन्त कार्की र स्नेहा महराले आगामी ६ महिनासम्म मासिक पाँच हजार प्राप्त गर्नेछन्।
साधारणसभाका अवसरमा सुदूरपश्चिम प्रदेशस्तरीय प्रतियोगितामा लगातार तीनपटक विजेता बन्न सफल सिनियर पुरुष टोलीलाई नगद पचास हजार सहित सम्मान गरिएको छ। त्यस्तै, यू–१९ महिला टोलीलाई पनि पचास हजार नगद राशीसहित सम्मान गरिएको हो।
सोही अवसरमा पूर्वखेलाडी तथा खेलप्रेमी ठक्करबहादुर बम, सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचिव लोकबहादुर खड्का, महिला खेलाडी स्नेहा महरा र यू–१९ खेलाडी निश्चल क्षेत्रीलाई विशेष सम्मान प्रदान गरिएको हो।
कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष बिक्रम बिष्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आतिथ्यता राष्ट्रिय सभा सदस्य नारायण दत्त भट्टले गरेका थिए।
कार्यक्रममा सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचिव लोकबहादुर खड्का, नेपाल क्रिकेट संघ क्यानका केन्द्रीय सदस्य धिरेन्द्र साउद, फाप्ला अन्तर्राष्ट्रिय खेलग्राम विकास समितिका अध्यक्ष सुवास शाही, धनगढी उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष बुद्धिबहादुर खड्का, जिल्ला खेलकुद समितिका प्रमुख आश्रम केसी, प्रादेशिक क्रिकेट संघका कोषाध्यक्ष दिनेश सिंह लगायतको उपस्थिति थियो।
साथै, संघका सल्लाहकारहरु धर्मराज जोशी, सतिस जोशी, दिपक सुरी, मस्कुर अहमदसहित खेलाडी र प्राविधिकहरूको बाक्लो उपस्थिति रहेको थियो।

- Advertisement -spot_img

थप समाचार

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा समाचार