बाघको आक्रमणमा परेर कञ्चनपुरकी एक बृद्धाको मृत्यु भएको छ। आइतवार विहान पुनरवास नगरपालिका –६ को लामाचोककी ८५ वर्षकी सुना निरौलाको भारतको दुधुवा राष्ट्रिय निकुञ्जमा शव फेला परेको हो।
उनी शनिवार दिउँसो ३ बजे नेपाल भारत सिमानामा पर्ने हिमचुल्ली सामुदायिक बनमा घाँस काट्न गएकी थिइन्।
दिउँसो उनी घर फर्कीनन्। आइतवार दिउँसो वडा अध्यक्षले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई खवर गरेका थिए। खवरपश्चात् प्रहरीको टोली खोजी कार्यका लागि जाँदै गर्दा उनको शव भारतको दुधुवा राष्ट्रिय निकुञ्जमा फेला परेको खवर परिवारका सदस्य प्राप्त गरे। भारतको सिमानामा शव फेला परेकोले परिवारले भारतीय प्रहरीसंग समन्वय गरेर बृद्धाको शव ल्याएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक सागर बोहराले जानकारी दिए। प्रहरीका अनुसार सो क्षेत्रका स्थानीय घाँस काट्ने क्रममा वर्षेनी आक्रमणमा परेर ज्यान गुमाउने गर्छन्।
बाघको आक्रमणमा परेर कञ्चनपुरकी एक बृद्धाको मृत्यु
