34.7 C
Dhangadhi
Wednesday, June 17, 2026

कैलालीको बर्दगोरियामा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

पढनै पर्ने

कैलालीको बर्दगोरियामा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।कैलालीको बर्दगोरिया गाउँपालिका–१ र ४ को सिमानामा रहेको काँडा पुलमा पुर्वबाट पश्चिमतर्फ गइरहेको चालक घोडाघोडी नगरपालिका–११ बस्ने २४ वर्षीय बिशाल कठरियाले चलाएको से ७ प ८१६५ नम्बरको मोटरसाईकल शुक्रवार राति ८ः३० बजे पुलको किनारमा ठोक्किदा मोटरसाईकल चालकको मृत्यु भएको हो।
मोटरसाईकल चालक विशालको नवजिवन अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय कैलालीले जनाएको छ। सोही मोटरसाईकल पछाडी सवार सोही ठाउँ बस्ने २४ वर्षकी रिता कठरिया घाईते भएकि छिन्। घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

- Advertisement -spot_img

थप समाचार

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा समाचार