30.2 C
Dhangadhi
Tuesday, April 21, 2026

दोलखामा हिमपहिरो : सम्पर्कविहीन ४ जनाको खोजी चल्दै

पढनै पर्ने

काठमाण्डौं –दोलखाको गौरीशङ्कर गाउँपालिका–९ रोल्वालिङ हिमशृंखलाअन्तर्गत यलुङ री हिमालको आधार शिविरमा गएको हिमपहिरोमा सम्पर्कविहीन चार जनाको खोजी भइरहेको छ ।

उनीहरु विदेशी पर्यटक रहेका छन् । हिमपहिरोमा परी तीन जनाको ज्यान गएको र पाँच जना घाइते भएका छन् ।

एक विदेशी नागरिकसहित दुई जना नेपाली गाइडको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।

आरोहण दलमा पाँच विदेशीसहित १५ जना रहेको भनिए पनि अहिलेसम्म १२ जना मात्रै रहेको विवरण छ । सम्पर्कविहीन आरोहीको खोजीका लागि हिजो हेलिकप्टर पठाए पनि मौसमका कारण रोल्वालिङ क्षेत्रमा अवतरण हुन नसकेको डीएसपी महतोले बताए ।

केही दिनदेखि रोल्वालिङ उपत्यकामा हिमपात भएको थियो । आज मौसमको अवस्था हेरेर हेलिकोप्टर पठाउने तयारी भइहेको डिएसपी महतोले जानकारी दिए ।

- Advertisement -spot_img

थप समाचार

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा समाचार