28.1 C
Dhangadhi
Tuesday, April 21, 2026

जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा

पढनै पर्ने

काठमाण्डौ: गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा घाइते भएकामध्ये ३० जनाले अझै अस्पतालमा उपचार गराइरहेका छन्

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको पछिल्लो विवरण अनुसार सिभिल अस्पतालमा १, राष्ट्रिय ट्रमा सेन्टरमा १०, काठमाण्डौ मेडिकल कलेज शिक्षण अस्पतालमा ३, त्रिवि शिक्षण अस्पतालमा ५, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३, नेपाल प्रहरी अस्पतालमा १ र कीर्तिपुर अस्पतालमा १ जना उपचाररत छन् ।

यसैगरी बी एन्ड बी अस्पतालमा ३, विराट मेडिकल शिक्षण अस्पतालमा १, नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा १ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ गरी ३० जना उपचाररत रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको जानकारी अनुसार उपचारका लागि आएका घाइतेहरूको सङ्ख्या २ हजार ३ सय १६ रहेको छ, यसमध्ये उपचारपछि २ हजार २ सय ३८ जना ‘डिस्चार्ज’ भइसकेका छन् ।

- Advertisement -spot_img

थप समाचार

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा समाचार