43.9 C
Dhangadhi
Wednesday, June 17, 2026

वीरगञ्ज महानगरका अधिकांश क्षेत्रमा डुबानको समस्या

पढनै पर्ने

पर्सा : निरन्तरको ठूलो वर्षाले वीरगञ्ज महानगरपालिका क्षेत्रमा डुबानको समस्या देखिएको छ ।

हिजोदेखि परेको ठूलो वर्षाको कारणले महानगरको अधिकांश वडामा डुबानको जोखिम उच्च देखिएको हो । वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले लगातार परेको वर्षाको कारणले महानगरमा विभिन्न स्थानमा डुबानको समस्या देखिएको जानकारी दिनुभयो । ‘लगातार ठूलो वर्षाको कारणले पानीको निकासको समस्या देखिएको छ । तर, डुबानकै कारणले अहिलेसम्म यहाँ धनजनको क्षति हुन भने पाएको छैन’ उहाँले भन्नुभयो, ‘महानगरको ३२ वटै वडामा कतिपय ठाउँमा पानीको उचित निकास नहुँदा केही डुबान पनि देखिएको छ ।

मेयर सिंहले सिर्सिया नदीमा पानीको बहाव बढेसँगै नदी किनारका बस्तीमा भने उच्च सतर्कता अपनाइएको जानकारी दिनुभयो ।

- Advertisement -spot_img

थप समाचार

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा समाचार