38.5 C
Dhangadhi
Saturday, April 25, 2026

जेन-जी आन्दोलनमा मृ*त्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय

पढनै पर्ने

काठमाण्डौँ :सरकारले राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखेर जेनजी पुस्ताद्वारा गत भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा काठमाडौँलगायत विभिन्न भागमा मृ*त्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ।

सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम ओझालाई तोकेको छ।

बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलापको सञ्चालन नियमावली, २०८२ स्वीकृत गरेको बताए।

विपद् संकटग्रस्त जिल्ला घोषणा इलाम जिल्लाका प्रभावित तहहरुलाई सहयोग उपलब्ध गराउन आवश्यक पर्ने रकम पाँच करोड ३० लाख विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय पनि भएको उनले बताए।

- Advertisement -spot_img

थप समाचार

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा समाचार