26.6 C
Dhangadhi
Wednesday, July 22, 2026

असार महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ बाट प्रहरी सहायक निरीक्षक विक्रम भुजेल सम्मानित

पढनै पर्ने

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) विक्रम भुजेल २०८३ साल असार महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ बाट सम्मानित भएका छन्।

अपराध अनुसन्धानमा दक्ष, कर्तव्यनिष्ठ र परिणाममुखी प्रहरी अधिकृतका रूपमा परिचित भुजेलले असार महिनाभर उत्कृष्ट कार्यसम्पादन गरेपछि उक्त सम्मान प्राप्त गरेका हुन्।

उनले काठमाडौं उपत्यकामा गुण्डागर्दी नियन्त्रण, फरार प्रतिवादी पक्राउ, कर्तव्य ज्यान, चोरी, डाँका लगायतका गम्भीर प्रकृतिका अपराधको सफल अनुसन्धान गर्नुका साथै कारागारबाट फरार रहेका प्रतिवादीलाई पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

सूचना सङ्कलनदेखि जटिल घटनाको अनुसन्धानसम्म व्यावसायिक दक्षता र प्रभावकारी नेतृत्व प्रदर्शन गर्दै आएको योगदानको कदरस्वरूप उहाँलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ बाट सम्मानित गरिएको जनाइएको छ।

प्रहरी संगठनले भुजेलको कर्तव्यनिष्ठा, इमानदारी, व्यावसायिक दक्षता तथा उत्कृष्ट कार्यसम्पादनको प्रशंसा गर्दै आगामी कार्यजीवनमा थप सफलता र प्रगतिको शुभकामना व्यक्त गरेको छ।

- Advertisement -spot_img

थप समाचार

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा समाचार