28.1 C
Dhangadhi
Tuesday, April 21, 2026

हर्क साम्पाङको पार्टीलाई आयोगले प्रमाणपत्र दियो

पढनै पर्ने

काठमाण्डौं –निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ लाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ ।

आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४ र ५ अनुसार पार्टीलाई दल दर्ताको प्रमाणपत्र आज प्रदान गरेको हो । आयोगका अनुसार जेनजी आन्दोलनपछि आयोगमा सात वटा नयाँ दलले दर्ताका लागि आवेदन गरेकामा साम्पाङ नेतृत्वको पार्टीले सबैभन्दा पहिले प्रमाणपत्र प्राप्त गरेको हो । आयोगमा एक सय २५ वटा दल हर्ता भएका छन् ।

आयोगले दिएको प्रमाणपत्र बुझ्दै मेयर साम्पाङले गफले मात्रै रोजगारी सिर्जना नहुने बताए । रोजगारी सिर्जनाका लागि उत्पादन बढाउनुपर्ने उनले उल्लेख गरे । श्रम संस्कृति पार्टीले उत्पादन, निर्माण, सामाजिक रूपान्तरण र आर्थिक रूपान्तरणका लागि फिल्डमा खटेर काम गर्ने उनको भनाइ छ ।

- Advertisement -spot_img

थप समाचार

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा समाचार