41.5 C
Dhangadhi
Wednesday, June 17, 2026

धनगढीमा स्रोत नखुलेको २८ लाखसहित दुई भारतीय नागरिक पक्राउ

पढनै पर्ने

धनगढीःकैलालीमा स्रोत नखुलेको २८ लाख बढी रकमसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट भारतको लखिमपुर खिरी पलिया बस्ने २७ वर्षीय हरचित गुप्ता र २९ वर्षीय सागर गुप्तालाई पक्राउ गरिएको हो। उनीहरुको साथबाट स्रोत नखुलेको २८ लाख ३४० नेपाली रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनीहरु सवार युपी ३१ सिएन ११७५ नम्बरको कार पनि बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा नगदसहित व्यक्ति पक्राउ गरेको प्रहरीले जनाएको छ।

- Advertisement -spot_img

थप समाचार

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा समाचार