44.6 C
Dhangadhi
Sunday, June 21, 2026

बाजुरामा बस दुर्घटना हुँदा २१ जना घाइते

पढनै पर्ने

बाजुरामा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।
आइतवार बिहान बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १३५५ नम्बरको बस दुर्घटना हुँदा २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी शैलेश्वरी बोहराले घाइते मध्ये अहिले १९ जनाको अस्पतालमा उपचार भइरहेको बताइन्।
उनले बाँकी घाइतेहरु डिस्र्चाज भएर घर गएका छन्। ब्रेक फेल हुँदा बस दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुसन्धान देखाएको छ। महेन्द्रनगरबाट सो बसमा ३५ जना सवार मध्ये ५ जना अछाममा झरेका थिए। दुर्घटना बारे थप अनुसन्धान भइरहेको छ। घाइतेहरुको अवस्था सामान्यनै रहेको प्रहरीले जनाएको छ।

अघिल्लो लेखमा
अर्को लेखमा
- Advertisement -spot_img

थप समाचार

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा समाचार